चोरी गर्ने सेक्युरिटी गार्ड पक्राउ

Chori

काठमाडौं । ललितपुरमा सुरक्षा गर्न राखिएका सेक्युरिटी गार्डले नै चोरी गरेका छन् । नख्खीवोटस्थित सिनो हाईड्रो कर्पोरेसन लिमिटेडबाट नगद २ लाख २२ हजार ३ सय ३० रुपैयाँ चोरी गरेको अभियोगमा प्रहरीले सोही कम्पनीका सेक्युरिटी गार्ड १७ वर्षीय आकाश राईलाई पक्राउ गरेको छ ।

कम्पनीको कर्मचारी सुत्ने कोठाको झ्याल फोडेर नगद चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

प्रतिकृया दिनुहोस