सम्पर्क बिहीन रहेका आमाछोरी मृत फेला

Dead body

लमही । बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन् । हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उनकी तीन वर्षीया छोरी कृतिका बिहीबार मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

स्थानीय सितलगौरा सामुदायिक वनमा मृत फेला परेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । छोरी सहित यही असोज १३ गते माईतिघर रोल्पा जान भनी हिडेँ पनि लामो समयसम्म सम्पर्कमा नआएको आफन्तले बयान दिएको प्रहरीले जनाएको छ ।

स्थानीयले आज बेलुकी ५ बजेतिर शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शब सड्ने अवस्थामा रहेकाले ४-५ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । आफन्तले हत्या भएको हुनसक्ने भन्दै शब उठाउन मानेका छैनन् ।

प्रतिकृया दिनुहोस