गौशालाका ब्यञ्जन र अन्नपुर्ण मिष्ठान्नमा शिलबन्दी

Misthan pasalma n

काठमाडौं । गौशालामा रहेका ब्यञ्जन र अन्नपुर्ण मिष्ठान्न भण्डारमा सरकारी अनुगमन टोलीले शिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ताकर्मीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा भण्डारमा साङ्ला र फोहोर अत्यधिक भेटिएपछि शिलबन्दी गरेको हो ।

दुबै मिष्ठान्न भण्डारबाट बर्फी १२.५ केजी , तेल ७ लिटर, घ्यू ४ केजी र तयारी मिठाई एक सय केजी नष्ट गरिएको थियो । खाद्य गुणस्तर कायम नगर्ने र गुणस्तरहीन खाद्य सामग्री बेच्नेलाई नयाँ नियमअनुसार कारबाही गरिने विभागले जनाएको छ ।

विभागले ३ दिन भित्र कागजातसहित उपस्थित हुन मिष्ठान्न भण्डारलाई निर्देशन दिएको छ ।
यसअघि अनुगमन टोलीले नयाँ बानेश्वरमा रहेको संगम स्वीट्समा शिलबन्दी गरेको थियो । संगममा मिठाईमा प्रतिबन्ध गरिएको केमिकल ‘हाइड्रो ए वान’ भेटिएको थियो भने किचन फोहोर थियो ।

 

प्रतिकृया दिनुहोस