बसको ठक्करबाट एक बालकको मृत्यु

Accident

तनहुँ । तनहुँको बारबिसेमा बसको ठक्करबाट साइकलमा सवार एक बालकको मृत्यु भएको छ ।

डुम्रेबाट बेसिसहर जाँदै गरेको ना३ ख४५३४ नं.को बसले बालक सवार साइकललाई ठक्कर दिँदा भानु-२ का १२ वर्षिय निरकुमार पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

बालकको मृत्युपछि स्थानीयले केहीबेर राजमार्गमा सवारी आवागमनमा अवरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस