सर्लाहीमा आगलागीबाट ५ घर जलेर नष्ट

Aago lagi

सर्लाही । ब्रम्हपुरी गाउँपालिकामा आगलागीबाट ५ घर जलेर नष्ट भएको छ । घरभित्र राखिएका लत्ताकपडा अन्नसहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ब्रम्हपुरी गाउँपालिका–७, मोहनगंज टोलस्थित रामनाथ पासवानको २ तले काठको घर तथा घरभित्र रहेको लत्ताकपडा, अन्न र नगद २१ हजार रुपैयाँसमेत जलेर नष्ट भएको बताइएको छ ।

चन्दु माझीको २ तले काठको घर लत्ताकपडा तथा अन्न, सजिवन माझीको १ तले फुस्को घर एवं लत्ताकपडा र अन्न, सुरज माझीको १ तले फुस्को घर एवं लत्ताकपडा र अन्न, नागेश्वर पासवानको फुस्को गोठ र एउटा बाख्रा जलेर नष्ट भएको हो ।

नागेश्वरको गोठमा लामखुट्टे धपाउनका लागि बालेको आगो सल्केर अन्य ४ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको हो । अत्यन्त विपन्न परिवारको घरहरुमा बिहीबार बिहान साँव ५ बजे भएको आगलागीबाट ३ लाख २५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रतिकृया दिनुहोस