खानेपानी उद्योग ल्यावटेस्टमा फेल, दुवै उद्योगमा शिलबन्दी

Matatirtha 443x300

काठमाडौं । काभ्रेका दुई खानेपानी उद्योग ल्यावटेस्टमा फेल हुदाँ स्थानीय प्रशासनले शिलबन्दी गरेको छ ।

बनेपा नगरपालिका ८ बनेपा बजारमा सञ्चालित तृप्ति एण्ड वेवरेज प्रा।लि र बनेपा १० जनागालमा सञ्चालित हिमालयन मेलम्ची उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरेको हो ।

अनुगमनका क्रममा कैफियत भेटिएपछि शिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । खानेपानी उद्योग सञ्चालनका लागि आवश्यक मापदण्डसमेत अपुग रहेकोे छ ।

खाद्य विभागका अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीका अनुसार जिल्लामा रहेका खानेपानी उद्योगहरुको अनुगमन गर्ने क्रममा हिमालयन मेलम्चीमा ल्यावटेस्टमा नै खराबी देखिएको थियो ।

कोलिर्फम र हेरेफिकको मात्रा उत्पादन धेरै देखिएको छ । उनले भने, ‘दुवै उद्योगमा नयाँ मापदण्ड र सरसफाइ अनि शिलबन्दीमा गरेको खेलाचि गरेकै कारण हामीले यिनीहरुको उद्योगमा नयाँ पानी उत्पादन र बिक्रीमा रोक लगाएका छौं ।’

प्रतिकृया दिनुहोस