जिपको ठक्करबाट १ जनाको मृत्यु, ३ जना घाइते

Accide

झापा । झापाको बुट्टाबारी-चारआली सडकखण्डमा भएको सवारी दुर्घटनामा पारी साइकलयात्रीको मृत्यु, ३ जना घाइते भएका छन् ।

अर्जुनधारा नगरपालिका-५ का ६० वर्षिय विष्णुप्रसाद विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलामबाट झापाको चारआलीहुँदै विर्तामोड जाँदै गरेको मे १ ज २४६२ नं।को बोलेरो जिपले बिहान साइकलयात्रीलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा विकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जिपको ठक्करबाट अर्को साइकलयात्री मेचीनगर-१२ का २८ वर्षिय टंक रोक्का, जिपमा सवार इलाम नगरपालिका-७ का ५५ वर्षिय विजेन्द्र रिजाल र इलाम जोगमाई-४ का १९ वर्षिय विशाल सापकोटा घाइते भएका छन् ।

उनीहरु तीनै जनाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।

प्रतिकृया दिनुहोस