विराटनगर एक लाख लिटर दूधलाई व्यवस्थापन

Laxmiiiii

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् एक लाख लिटर दूधलाई धूलो दूधका रूपमा व्यवस्थापन गरिने बताएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगरमा स्थापित पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको बिहिबार उद्घाटन गर्दै उनले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा यसै आर्थिक वर्षमा किसानको दूध खरिद गरी धूलो दूध उत्पादनमा स्तरोन्नति कार्य गर्ने जानकारी दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेका मुख्यमन्त्री राईले कृषिलाई आधुनिक व्यावसायिक उद्योगको रूपमा विकास गरी रोजगार प्रदान गर्न सरकारले विज्ञसँग परामर्श र छलफल गरिरहेको बताए ।

उनले प्रदेशमा बङ्गुरपालनको प्रचुर सम्भावना रहेको र यसको मासु निर्यातका लागि बजारका रूपमा छिमेकी देश भारतको सिक्किम, अरुणाचल प्रदेश, दार्ज्लिङ र भूटानमा रहेकाले कृषकलाई आवश्यक प्राविधिक ज्ञान प्रदेश सरकारले प्रदान गर्ने विश्वास दिलाए ।

मुख्यमन्त्री राईले प्रदेशमा उत्पादित विभिन्न मासुको बजार व्यवस्थापनका लागि यसै आवभित्र वातावरण अनुकुलित यातायातको व्यवस्था गरिने जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस