बलात्कारको प्रयास गर्ने युवक प्रहरी चौकीबाटै फरार, प्रहरीले नै भगाएको आरोप

Rape 770x450

ललितपुर । दक्षिण ललितपुरको महांकाल गाउँपालिकाका निवासी १३ वर्षीया किशोरी बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका २० वर्षीय बब्लुकुमार बिहीबार बिहान सुरक्षा प्रहरीको घेरा तोडेर फरार भएका छन् ।

महांकालमा बसेर एक ग्रील फ्याक्र्टीमा काम गर्दै आएका भारतको देदियाका बब्लु कुमारले हिजो राति १० बजेतिर सुतिरहेकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेका थिए । बालिका चिच्याएपछि बब्लु भागेका थिए ।

तर बालिकाका बाआमाले उनलाई समाएर प्रहरी चौकी गोटीखेलमा बुझाएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए । उनले प्रहरीले नै ती अभियुतलाई भगाएको आरोप लगाएका छन् ।

तर महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले यस घटनाबारे प्रहरीले राति साढे तीन बजे थाहा पाएको जानकारी दिँदै उसलाई चार बजे इलाका प्रहरी कार्यालय टुंगुंनमा राखिएको बताए ।

उनलाई टुंगुनबाट चापागाउँ प्रहरी वृत्तमा ल्याउने तरखर भइरहेको समयमा गाउँपालिकाका अध्यक्ष दाहाल आएर केरकार गर्दै हातपात गरेपछि उनी त्यहाँबाट भागेका बताए । खिउजुले भने ‘भागेका उनलाई हालसम्म पक्राउ गर्न सकिएको छैन ।’ यस घटनाबारे थप बुझ्न र छलफल गर्न डीएसपी खिउजुको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस