जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन निर्देशन

Karma chari

झापा । सवारी चालकलाई अनियवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले निर्देशन दिएको छ ।

दुर्घटनालाई कम गर्न सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ ।

चप्पल लगाएर सवारी चलाएको भेटिए लाईसेन्स खारेज सम्मको जरीवाना गरिने ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिए ।
दसैं, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको जनाइएको छ ।

चालकले जुत्ता लगाउनै पर्ने पुरानो नियमलाई पुनःकार्यान्वयनमा ल्याएको प्रहरीको भनाई छ ।

सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्दे्शिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ ।

 

प्रतिकृया दिनुहोस