विजुलीको तार सर्ट भइ घरमा आगालागी

Aago2

रुकुम पूर्व । सिस्ने गाउँपालिका वडा नम्बर ७ नाथिगाडका घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षती भएको छ ।

स्थानीय तेजबहादुर भण्डारीको घरमा बुधबार बिहान आगलागी हुँदा ९ लाख २१ हजार ३ सय ९५ बराबरको क्षती भएको हो ।

आगलागीबाट एकलाख नगदसहित अन्नपात, भाँडाकुडा, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विजुलीको तार सर्ट भएर बिहान ८ बजेतिर घरमा आगो लागेको धाउने प्रहरी चौकी इञ्चार्ज निलम पौडेलले जानकारी दिए।

घरमा कोही नभएको समयमा आगलागी भएको कारण कुनै पनि सामान जोगाउन नसकिएको पीडित परिवारले जनाएको छ । एक घण्टापछि स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस