टिपरलाई फेरि कडाई, ट्रिपर सञ्चालनको समयावधि पुनः घटाइयो

Tipar

काठमाडौं । बुधबार भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करले मोटरसाइकल चालक काभ्रेका रामकृष्ण श्रेष्ठको मृत्यु भयो ।

बुधबार मात्रै काठमाडौं उपत्यकाभित्र बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको थियो । सोही दिन भक्तपुरको सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त बन्यो ।

प्रहरीका अनुसार बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भए । तीमध्ये मोटरसाइकल चालक श्रेष्ठको मृत्युको मृत्यु भयो ।

यसअघि गत साउन १ गते ट्रिपरले ट्राफिक जाम र असुरक्षा बढाएको भन्दै काठमाडौंभित्र रिङरोड, रिङरोड भित्र र कोटेश्वरबाट जडिबुटीसम्मको सडक खण्डमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र ट्रिपर सञ्चालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गरेको थियो ।

बुधबार ट्रिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि छोट्याइएको हो ।

अब साउन ४ गतेकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपरहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

निर्माण सामग्रीको ढुवानीमा अवरोध भएको निष्कर्ष निकाल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले उक्त निर्णय परिमार्जन गर्दै १ घण्टा बढाउने निर्णय गरेको थियो ।

तर, सो निर्णय आएकै दिन टिपरको ठक्करले मोटर साइकल चालकको मृत्यु भएपछि फेरि बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउन दिइने ट्राफिक प्रहरी महाशाखाले बिहीबार सूचना जारी गर्दै जनाएको छ ।

प्रतिकृया दिनुहोस