सुस्ताबासीलाई भारतको ‘नाकाबन्दी’

Susta

काठमाडौ‌ । नारायणी नदीका कारण नेपालको बाँकी भूभागसँग सिधा सम्पर्क नरहेको सुस्तामा भारतले बाटो बन्द गरेर अघोषित ‘नाकाबन्दी’ गरेको छ ।

सुस्ताको अतिक्रमित भूमिमा भारतले पछिल्लो समय नेपाली आवतजावत गर्ने बाटो अबरुद्ध गरेपछि सुस्ताबासी न्याय खोज्दै राजधानी आएका छन्।

भारतले खाल्डो खनेर बाटो अबरुद्ध गरिदिएपछि सुस्ताका विद्यार्थीलाई विद्यालय जानसमेत कठिनाई उत्पन्न भएको छ ।

बाटो बन्द हुँदा सर्वसाधारणलाई नियमित हाटबजार गर्न समस्या भएको छ । नारायणी नदीमा पुल निर्माण नगर्दा सुस्ताबासी भारतीय भूभागको बाटो प्रयोग गर्न बाध्य छन् ।

२५ महिलासहित राजधानी आएका ६० जना सुस्ताबासी ९ दिनदेखि थापाथलीस्थित कालमोचन घाटमा बसेर समस्या समाधान गर्न माग गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस