नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई पक्राउ

P 1

सुनसरी । कोशी गाउँपालिका-८ मा राजश्व छली गर्ने दुई जना पक्राउ परेका छन् ।

को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका-५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फँुयालले जानकारी दिए ।

उक्त गाडीमा उमङ्ग, गोर्खा बियर, रुसलान भोट्कासहित १५ प्रकारका मदिरा थिए ।

प्रतिकृया दिनुहोस