प्रधानमन्त्री ओली प्रतिनिधिमण्डलको टोलीसँगै स्वदेश फिर्ता

Oli newyou

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको औपचारिक भ्रमणमाबाट बिहीबार प्रतिनिधिमण्डलको टोलीसँगै स्वदेश फर्किदैँ छन् ।

संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन न्यूर्योक गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, प्रमुख राजनीतिक सल्लाहकार बिष्णुप्रसाद रिमाल, शिष्टाचार महापाल दिपक अधिकारी तथा नेपाल सरकारका अन्य विशिष्ट अधिकारी रहेका छन् ।

प्रतिकृया दिनुहोस