काठमाडौं छिर्न ४५ किलोेमिटर जाम

Nagdhunga

काठमाडौं । चितवनको भरतपुरबाट काठमाडौं आउने क्रममा नौबिसे नागढुंगा जाममा घन्टौँ समय लागेपछि त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने क्रममा एम्बुलेन्समै रहेकी बिरामी ५५ वर्षीय रजनी चौधरीको बाटोमै मृत्यु भयो ।

काठमाडौंको दुई किलोमिटर सडक बनाउने बहानामा बढेको जाम नागढुंगादेखि ४५ किलोमिटर पर सिम्ले बजारसम्म हुन थालेको छ ।

कम्तीमा नौ घण्टा जाममा यात्रुले बस्नु परेको छ । बिरामीको अवस्था झन खराब बन्ने गरेको छ ।

दुई वर्षमा पनि दुई किलोमिटर सडक नबन्दा बढेको जामका कारण समस्या भएको छ । बिरामीले बाटोमै ज्यान गुमाउने बाध्यता बढेको छ ।

प्रतिकृया दिनुहोस