निर्दयी छोरा, जसले झाडीमा फ्याँक्दा भयो बाबुको मृत्यु

Jhadi 35

धनुषा । एक युवकले आफ्नै ७० वर्षीय बाबुलाई झाडीमा फालेका छन् ।

नगराइन नगरपालिकास्थित बेहरा गाउँका युवकले आफ्नो बाबु रामचन्द्र महतोलाई झाडीमा छोडी एकछिनमा आउँछु भनेको छोरो फर्केर नआउदा उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाका अनुसार रामचन्द्रका पाँच छोरा छन् । एक छोराले मोटरसाइकलमा राखेर ६ दिन अगाडि नै घरबाट करीब ३५ किलोमिटर दूरीमा पर्ने बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकाको सिमानामा पर्ने बेलाचापीस्थित झाडीमा फालेका थिए ।

रामचन्द्रको मृत्युपछि फुलगामा चौकीसँग सहकार्य गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

‘बुबालाई झाडीमा फाल्ने छोरो कुन हो भन्ने पत्ता लागेको छैन, अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘पहिचान खुल्ने बित्तिकै नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउँछौँ ।’

प्रतिकृया दिनुहोस