बर्दियामा पाटेबाघ मृत अवस्थामा फेला

Pathe baag

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गको निकुञ्ज क्षेत्रभित्र पर्ने चिसापानी पोष्ट नजिक पाटेबाघ बुधबार दिउँसो मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए ।

निकुञ्जभित्र सिनोको गन्ध आएपछि खोजी गर्दै जाँदा राजमार्गदेखि झण्डै ७ सय मिटरभित्र भाले पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले बताए ।

अन्दाजी १७ वर्षको उक्त बाघको शव परीक्षण गर्दा बुढो भएर कालगतिले मरेको बताइएको छ । बाघको शरीर पूर्णरुपमा सडिसकेकाले एकहप्ता अघि नै मरेको हुनसक्ने निुकञ्जले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा वयस्क पाटेबाघ रहेको तथ्याङ्क छ ।

प्रतिकृया दिनुहोस