मोदी आउने मंसिरमा, तयारी असोजदेखि नै

Narendra modi

काठमाडौं । नेपाल र भारतबीच नजिकको सम्बन्ध, त्यसमा दुईमत छैन । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पानीको पधेँरेझै बनन थालेको छ ।

भदौं १४ मा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदी फेरि मंसिर १२ मा नेपाल आउँदैछन् । उनी जयनगर कुर्था बर्दिबास रेलवेअन्तर्गत पहिलो खण्ड नेपाललाई हस्तान्तरण गर्न फेरि नेपाल आउन लागेका हुन् ।

पछिल्लो समयमा भारतले नेपालको राजनीतिक वृत्तको निक्कै चासो दिन थालेको छ । भारत र नेपालबीच सम्बन्धका विषयमा चीन भने रुष्ट बन्दै गएको छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओली भारतसँग नजिक बनेपछि चीन रुष्ट बनेको छ ।

ओलीले भारतसँगको सुमधुर बनाइरहँदा नेकपा नेताहरु भने चीनसँग नजिकिएका छन् । यही बेला भारतीय प्रधानमन्त्री फेरि नेपाल आउन लागेका हुन् ।

मोदी मंसिर १२ मा नेपाल आउने छन् । तर, तयारी भने असोज नसकिँदै सुरु भएको छ । मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा रेल्वेको पहिलो खण्ड हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री भएपछि उनले दोस्रो विदेशयात्राका क्रममा मोदी २०७१ साउन १९ र २० मा नेपाल आएका थिए । त्यसपछि मोदी त्यसअघि राजकीय भ्रमणका क्रममा मोदी २८ र २९ वैशाखमा आएका थिए । उनी सार्कको १८ औँ शिखर सम्मेलनका क्रममा २०७१ मंसिर १० र ११ मा नेपाल आएका थिए ।

भारतीय राजदूत मञ्जिबसिंह पुरीसहित दिल्लीबाट आएको एड्भान्स टोली बिहीबार जनकपुर जाँदैछ । सो टोलीले जनकपुरमा मोदीको आगमनको केही तयारी गर्ने छ ।

प्रतिकृया दिनुहोस