मुस्लिमलाई सबै तहमा कोटा छुट्टयाउन माग

News pic1

कपिलबस्तु । राष्ट्रिय मदरसा संघ नेपालले राज्यका सबै तहमा कोटो छुट्टयाउन माग गरेको छ । संघले समानुपातिक समावेशी सिद्धान्तअनुसार सेना, प्रहरी, शसस्त्र प्रहरी लगायतका अन्य निकायहरुमा कोटा नछुट्टयाएकोमा आपत्ति पनि जनाएको छ ।

मदरसाको साधारण सभामा बोल्दै राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अलकुफीले जनअन्दोलनमा पनि मुस्लिमहरुको अहम भुमिका रहे पनि राज्यले त्यसको मुल्यांकन नगरेको आरोप लगाए । उनले राज्यले नेपालका मुस्लिम समुदायलाई भेदभाव गर्दै आइरहेको आरोप पनि लगाए ।

सो सभामा महासचिव मौलाना मसहूद खाँ नेपालीले राज्यले अल्पसंख्यक मुस्लिम समुदायलाई सबै तहमा राज्यका सबै तहमा कोटा छुट्टयाउन माग गरे ।

उनले जनसंख्याको आधारमा हेर्दा पनि करिब ४.३९५ प्रतिशत मुस्लिमको बसोबास नेपालमा रहेकाले सोही अनुपातमा कोटा तोक्न माग गरे । उनले जनसंख्याका आधारमा पनि समानुपातिक रुपमा कोटा विभाजन गरी मुस्लिम समुदायलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउन माग गरे ।

प्रतिकृया दिनुहोस