टिपर आतंकले सूर्यविनायकमा तनाव

Vaktapur tifar

भक्तपुर । सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले टिपरमा आगो लगाएका छन् ।

भक्तपुरको सूर्यविनायकमा बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका थिए । त्यसको विरोधमा स्थानीयले सो टिपरमा आगो लगाएका छन् ।

अहिले सूर्यविनायकको स्थिती तनावग्रस्त छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरेको छ । अहिले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस