घरभित्र पसेर चोरी गर्ने रंगेहात पक्राउ

Chorijpg

काठमाडौं । चागुँनारायण नगरपालिका–८ सुडाल बस्ने ३७ वर्षीय कपिलदेव सुकमनीलाई चोरी गरी भाग्दै गरेको अवस्थामा सामानसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उनले ताथली बस्ने हिरा बहादुर राउतको घरको मुल ढोकाको ताल्चा र ३ वटा दराज समेत तोडफोड गरी नगद ६५ हजार ७ सय रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करीव ४ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा उनलाई उक्त सामान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस