स्याङ्जामा अबैध लागु औषधसहित एक पक्राउ

Photo laugiausaite

स्याङ्जा । स्याङ्जामा अबैध लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

पुतलीबजार नगरपालिका वडा न ११ अमलडाडाँ निवासी ३८ वर्षीय ज्ञानबहादुर गुरुङले घर नजिकै बारीमा लुकाई राखिएको ठुलो मात्राको लागु औषध प्रहरीले गए राती बरामद गरेको हे ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले गुरुङको घर नजिकै कोदो बारी बाट राती १० बजेको समयमा पत्रिकामा बेरेर राखेको अवस्थामा डाईजेपाम १सय ३६ थान, फेनारगन १ सय ३६ थान, नुरफिन १ सय ३६ थान, सिरिनज ४ थान, सिरिन्जमा प्रयोग हुने सुइ ७ थान सहित हरियो गाँजा ४ ग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।

ज्ञान बहादुरलाई राती नै पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डि एस पी प्रकाश विष्टले बताए ।

प्रतिकृया दिनुहोस