बागमतीमा नयाँ मोटरसाइकल दर्ता रोकियो !

New bike ma rok

काठमाडौं । सरकारको लापरवाहीका कारण दशैंको मुखमा बागमती अञ्चलको नामबाट नयाँ मोटरसाइलको दर्ता रोकिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था कानुनमा छ । यही व्यवस्थाका कारण ९९ लटको सबै नम्बर सकिएपछि २ दिनदेखि नयाँ दर्ता रोकिएको हो । साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । अब १०० को लटमा प्रवेश गर्न कानुनी अड्चन परेको छ ।

यातायात व्यवस्था विभागले नियमावली संशोधनका लागि प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको छ ।

प्रतिकृया दिनुहोस