शिशुलाई नहरमा बगाउने किशोरी सुधार गृहमा

Aama ra bachcha

पर्वत । अनैतिक सम्बन्धबाट जन्मेको शिशुलाई कुलोमा बगाएको अभियोगमा एक किशोरीलाई सुधार गृह पठाउने भएको छ ।

कुलोमा बगाएको अभियोगमा पर्वतको फलेवास नगरपालिका–१०, कुर्घाकी एक किशोरीलाई पर्वत जिल्ला अदालतले सुधार गृहमा पठाउने फैसला गरेको छ ।

असोज १५ गतेको पर्वत जिल्ला अदालतको फैसलाले १७ वर्षकी किशोरीलाई बाल सुधार गृह भक्तपुरमा पठाउने फैसला गरेको हो ।

गएको भदौ १८ गते सोमबार राति आफ्नै घरमा शिशुलाई जन्म दिएर पानीको नहरमा बगाएको आरोपमा बालिकासहित उनका २५ वर्षका प्रेमी मनबहादुर मल्ल पक्राउ परेका थिए ।

पर्वत जिल्ला अदालतका न्यायधीश सूर्यबहादुर थापाको इजलासले बालिकालाई सुधार गृहमा राख्ने आदेश दिएको हो भने प्रेमी मल्ललाई प्रहरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

नयाँ संहिता अनुसार १८ वर्ष उमेर नपुगेकालाई बालबालिकाको रुपमा राखेपछि किशोरीलाई सुधार गृह पठाउने आदेश जारी गरेका हो ।

प्रतिकृया दिनुहोस