काठमाडौं गोठाटारबाट बालक अपहरित

Apaharan 1

काठमाडौं । काठमाडौंको काडाघारीबाट बालक अपहरण गरी हत्या भएको घटना सेलाउन नपाउँदै फेरि काँडाघारी नजिकैबाट एक बालक अपहरणमा परेका छन् ।

काठमाडौंको गोठाटारबाट बुधबार दिउँसो साढे २ बजेको आसपासमा अपहरणमा परेका हुन् । उनलाई गोठाटार चोकमा रहेको तेज विनायक स्कुल नजिकबाट तीन जनाको समूहले गाडीमा राखेर लगेको प्रहरीले जनाएको छ ।

अन्जादी ७/८ वर्ष उमेरका ती बालकलाई खैरो रङको गाडीमा लगिएको सुचना प्रहरीले पाएको छ । अपहरित बालकको पहिचान भने भएको छैन ।

बच्चाको खोजीको लागि अपराध महाशाखा अनुसन्धानको टोली परिचालन गरिएको छ । खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटिएको छ ।

 

प्रतिकृया दिनुहोस