५ किलो सुन बोक्न यस्तो थियो प्रलोभन !

Sun taskari

काठमाडौं । बालाजुमा ५ किलो सुनसहित एक युवक पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौंको बालाजुबाट ५ किलो सुनसहित रसुवा जिल्लाको गोसाईकुण्ड थमानका १८ वर्षीय सोबहादुर तामाङ पक्राउ परेको जानकारी गराएको हो ।

तस्करीको ५ किलो सुन बोकेर आएका तामाङलाई परिसरको एम्बुस टोलीले बालाजुको तीनपिप्लेबाट पक्राउ गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए । एक केजी बराबर ५० हजार र एक वर्षको कलेज शुल्क तिर्ने सहमतिपछि उनी सुन बोकेर काठमाडौं आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । कक्षा १२ मा अध्ययनरत तामाङले यस अघि सो घटनामा सामेल भए, नभएको पनि अनुसन्धान भईरहेको वरिष्ठ प्रहरी उपरीक्षक लामाले बताए ।

तामाङसँगै सुराकी आएको र उनी पक्राउ पर्ना साथ सबै सम्पर्क टुटेको प्रहरीको दावी छ । तामाङलाई कानुनी कार्वाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने पनि परिसरका प्रमुख लामाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस