म्यानमारबिरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी

Cricket

काठमाडौं । आइसीसी टी–ट्वान्टी क्रिकेट अन्र्तगत एसिया छनोटका लागि म्यानमारबिरुद्धको खेलमा नेपाल ८ विकेटले बिजयी भएको छ ।

म्यानमारले दिएको ३० रनको झिनो लक्ष्यलाई नेपालले ३ ओभरमै पुरा गरेको हो । टस जितेर ब्याटिङ रोजेको म्यानमारले १० ओभरमा ३० रन बनाएको थियो ।

म्यानमारका लागि ह्टेट लिन अनुजले १६ रन बनाउनुबाहेक अरु कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सर्वाधिक ४ विकेट सन्दीप लामिछानेले लिए । उनले २ ओभरमा ४ विकेट लिएका हुन् । यस्तै ललीत राजबंशीले ३, करण केसी र ललीत राजबंशीले समान १ र १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको नेपालका करण केसीले सर्वाधिक १४ रन बनाएर नटआउट रहे । यस्तै अनिल शाहले ११, भने प्रदीपसिंह ऐरी खाता नखोली पेभेलियन फर्किए । म्यानमारका लागि पाइङ डानु र सइ ह्टेट वाईले समान १ र १ विकेट लिए । विनोद भण्डारी भने १ रन बनाउदै नटआउट खेले । खेलमा नेपालका सन्दीप लामिछाने म्यान अफ द म्याच घोषित भए ।

प्रतिकृया दिनुहोस