मेसिनमा टाउको ठोकिएर मजदुरको मृत्यु

Sab

मोरङ । मेशिनमा टाउको ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।

बुढीगंगा गाउँपालिका ३ स्थित ईस्ट एसिया प्लाष्टिक ईन्डस्ट्रिजको ‘टुलिटर प्लान्ट ब्लो’मा मंगलबार दिउँसो २ बजे कम्पनीको काम गरिरहेकी मजदुर खोटाङ बाक्सिला घर भएकी ३४ वर्षीया सरिता तामाङको बोतल टिप्न निहुरिदा मेशिनमा टाउको ठोक्किएर मृत्यू भएको हो ।

मेशिनमा टाउको ठोक्किएर गम्भीर घाईते भएकी तामाङलाई उपचारका लागि विराटनगर स्थित न्यूरो अस्पताल ल्याइएको एक घण्टा पछि मत्य भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

प्रतिकृया दिनुहोस