चलिरहेको बसबाट खसेर एक जनाको मृत्यु

Accident 300x204

सुर्खेत । भेरीगङ्गा नगरपालिका-१२ का ५० वर्षिय पदम बस्नेतको चलिरहेको बसबाट खसेर मृत्यु भएको छ ।

सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना४ ख७०२४ नं।को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेका र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं. को ट्रकले उछिन्ने क्रममा उनी ढोकाबाट खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसको ढोकाबाट खसेका बस्नेतको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको होे । शव परीक्षणका लागि क्षेत्रीय अस्पतालमा राखिएको छ ।

बस तथा ट्रक चालक दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस