कारगारबाट भागेका कैदी पक्राउ, प्रहरीकै मिलमतोमा भागेको अनुमान

Pagal haru

ललितपुर । नख्खु कारागारबाट भागेका एक कैदीलाई एक घण्टामै पक्राउ गरेको छ ।

नख्खु कारागारबाट मंगलबार बेलुकी भागेका बेलायती नागरिक मुकत्तर हुसेन इसराम एक घण्टामै पक्राउ परेका प्रहरीले जनाएको छ ।

भिसा अवधि सकिए पनि काठमाडौंमै बसेका उनलाई प्रहरीले १६ महिनाअघि पक्राउ गरेको थियो । मंगलबार बेलुकी उनी भागेका थिए ।

बेलुकी ६ बजेपछि मात्रै हुसेन भागेको सूचना पाएको ललितपुर प्रहरीले एक घण्टामै पुल्चोकबाट पक्राउ गर्न सफल भएको हो ।

‘हामीलाई बेलुकी मात्रै सूचना आएको थियो’ जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी उपरीक्षक एसपी शेखर खनालले भने ‘सबै प्रहरी युनिटलाई खबर गरेर जाँच शुरु गर्दा पुल्चोकबाट पक्राउ गरेका हौं ।’

नख्खु कारागारमा अहिले सशस्त्र प्रहरी र नेपाली प्रहरीले सुरक्षा दिइरहेको छ । तर हुसेन प्रहरीकै मिलमतोमा भागेका कारागार स्रोतले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको नख्खु कारागारका जेलर जीवन दुलालले बताए । अनुसन्धानबाट प्रहरी दोषी देखिएका कारबाही गरिने पनि उनको भनाई छ ।

प्रतिकृया दिनुहोस