प्रदेश राजधानीको आन्दोलन : किन पोखियो आक्रोस सञ्चार माध्यमप्रति ?

Jalaiyo patrika

धनगढी । प्रदेश राजधानीको आन्दोलन चलिरहेका बेला कैलालीको अत्तरियामा पत्रपत्रिका जलाइएको छ ।

करिव ९/१० जनाको समुहमा आएका व्यक्तिले प्रदेश राजधानीको समाचार प्रकाशन गरेको भन्दै कान्तिपुर, अन्नपूर्ण पोष्ट, नागरिक दैनिक लगायातका पत्रिका जलाएका छन् ।

कोहलपुरस्थित प्रेसबाट सुदूरपश्चिम प्रदेशका लागि ल्याउँदै गरिएको पत्रिका अत्तरिया चोकमा जलाइएको छ । अन्नपूर्ण पोष्टको अत्तरिया र सात पहाडी जिल्लाका लागि जाने सबै पत्रिका जलाएको अत्तरियाका विक्रेता यज्ञराज जोशीले बताए ।

गोदावरी नगरपालिकाको गोदावरी वनमा स्थायी राजधानी तोकेको विरोधमा धनगढीमा आन्दोलन भएको थियो । सो विषयको समाचार विभिन्न पत्रपत्रिकामा प्र्रकाशन भएका थिए । त्यसैको विरोधमा ती युवाहरुले पत्रपत्रिका जलाइएका हुन् ।

सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राष्ट्रिय पत्रिकाहरुले गोदावरी तेघरी राजधानी हुनु हुँदैन भन्ने समाचार छापेको भन्दै अत्तरियाका स्थानिय युवाहरु आक्रोशित बनेका छन् । प्रदेश सरकारको बहुमत सदस्यहरुले प्रदेशको राजधानी तेघरी गोदावरी राखिएपछि राष्ट्रिय पत्रिकाहरुले चुरे खतारामा, बाधको बाटोमा राजधानी लगायतका शिर्षकहरु राखेर समाचार प्रकाशित गरेका थिए ।

अत्तरियाबाट महेन्द्रनगरतर्फ गाडी गइरहेका बेला गाडीबाटै थुतेर पत्रपत्रिका जलाएका थिए ।

प्रतिकृया दिनुहोस