हराएको मामा ४३ वर्षपछि फेसबुकमार्फत भेटिए

Harayeko mama

काठमाडौं । मकवानपुरको कैलाश-८ दुब्लुङका धनबहादुर मुक्तान (मामा) फेला परेका छन् । हवराका लालबहादुरका माइला छोरा धनबहादुर १३ वर्षमै २०३२ सालमा घर छाडेर हिँडेका थिए भने बेखबर थिए ।

झण्डै ४३ वर्षदेखि बेखबर मुक्तान भारतको इलाहावादस्थित साम हिगिनबटम युनिभर्सिटी (एग्रिकल्चर इन्ष्टिच्युट)मा मुख्य भान्सेको रूपमा कार्यरत रहेको भेटिएको हो ।

उनी परिवारसँग सम्पर्कमा आउन चाहेको र घर फर्कन चाहेको खबर फेसबुकमा पोष्ट भएपछि कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले परिवारसँग सम्पर्क गराएका हुन् ।

फेसबुकले हराएको ४३ वर्षपछि मुक्तानलाई परिवारसँग जोडाइदिएको हो । उनी घर फर्कँदैछन् ।

प्रतिकृया दिनुहोस