‘ओलीको बोली जहिले उल्टो’ मुख्यमन्त्री गुरुङ

Gurung

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जे बोले पनि उल्टो हुने गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

चीन भ्रमणबाट फर्किएका गुरुङले भने, ‘चिनियाँ राष्ट्रपति सिजिन पिङ जनताको घरघर पुगेका छन्, जे बोले पनि कानुन हुन्छ, हाम्रा प्रधानमन्त्रीले जे बोले पनि उल्टो हुन्छ, जनताले पत्याउन छाडेका छन्, हाँसेर उडाउन छाडेका छन् ।’

मुख्यमन्त्री गुरुङले चीनले गरेको विकासबारे प्रशंसा गरेका थिए ।

प्रतिकृया दिनुहोस