ढिस्कोले पुरिएर ९ बर्षिया बालिकाको मृत्यु

Sab

कञ्चनपुर । माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ ।

मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ बर्षिया जानकी बिष्टको मृत्यु भएको छ ।

घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

प्रतिकृया दिनुहोस