संगम स्वीटको बदमासी : मिठाईमा नीर रंगको प्रयोग

Sangam sweets

काठमाडौं । चाडबाड नजिकिँदै गर्दा सरकारले अनुगमन पनि तीव्र बनाएको छ । यसैक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजधानीका मिठाइ पसलमा अनुगमन गरेको छ ।

विभागले गरेको अनुगमनमा मिठाईमा प्रयोग हुने हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा सेतो कपडामा प्रयोग गरिने नीरको प्रयोग गर्ने गरेको पाइएको छ । जुन स्वास्थ्यका लागि अत्याधिक हानिकारक मानिन्छ ।

नयाँ बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट्स एण्ड स्न्याक्सले आम मानिसलाई स्वास्थ्यमा नकारात्मक असर पार्ने सो नीर प्रयोग गर्ने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । टोलीले प्रालिको मिलन चोक गोदाममा सो पाउडर फेला परेको हो ।

शर्माको बानेश्वरस्थित पसलमा भेटिएको अखाद्य पाँच लिटर घिउ नष्ट गरिएको छ । घिउमा पोल्यारिटीको मात्र ३९ रहेकाले नष्ट गरिएको हो । स्वस्थ्य घिउमा पोल्यारिटीको मात्र अधिकतम २५ हुनुपर्छ ।

खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले खाद्य अनुसन्धान अधिकृत सुवेदीको नेतृत्वमा अनुगमन गर्न गएको समूहले गोदाम पनि बन्द गरेको छ । अनुगमनमा उपभोक्ता अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय र पत्रकारको पनि सहभागिता थियो ।

मिठाइमा हाइड्रो –१ नामको अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कानूनी कारवाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए ।

खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा त्यो ऐन र नियमावलीमा कम्तीमा पाँच वर्ष कैद वा पचास हजार जरिवाना वा दुवै सजायको व्यवस्था छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...