केसी भन्छन्, संघीयता खारेज गर्नुको विकल्प छैन

Kc nawanpur

नवलपुर । संघीयता कार्यान्वयन भइरहेका बेला राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्नुको कुनै विकल्प नरहेको दावी गरेका छन् ।

‘संघीयता खारेज गर्नुको अर्काे कुनै विकल्प छैन’ अध्यक्ष केसीले भने, ‘तपाइहरुलाई संघीयताको खारेजी असम्भव जस्तो लाग्ला । तर यो सम्भव छ ।’

‘प्रदेश संरचना खारेज गरौं प्रदेशको मन्त्रीमण्डल, संसद खारेज गरौं’ केहीले भने, ‘प्रदेशमा लाग्ने खर्च गाउँपालिका र नगरपालिकामा लैजाऔं, कलकारखाना खोलौं । त्यसो भयो भने मात्र खर्बाैको खर्चबाट मुक्त भइन्छ ।’

राष्ट्रिय जनमोर्चा नवलपुरले मंगलबार गैडाकोट–१६ अमरापुरीमा अध्यक्ष केसीले संघीयताको खारेजी, राष्ट्रियताको रक्षा, कर वृद्वि, चर्को महंगी, देशव्यापी महिला हिंसा र भ्रष्ट्रचारविरुद्व आयोजना गरेको विरोध सभामा सभामा केसीले नेपाली जनताले समय छँदै संघीय प्रणाली खारेज नगरे संघयीताकै कारण नेपाल खारेज हुने दुर्भाग्यपूर्ण अवस्था र्सिजना हुने खतरा औल्याए ।

‘जुन प्रणालीले तराइ टुक्रिने खतरा छ, जुन प्रणालीले जातीय द्वन्द्व बढ्ने खतरा छ त्यो प्रणालीलाइ अब राख्नुको के अर्थ रहन्छ ?’ उनले भने, ‘यदि संघीयता फालेनौ भने संघीयताले एक दिन नेपाल नै खारेज गरिदिने छ ।’ उनले संघीयताको आवरणमा नेपालको तराइलाई अलग्याउने खेल चलिरहेको आरोप पनि लगाए ।

२ नं. प्रदेशमा मोदी आउँदा दाहिने वर्त गर्ने तर यो देशका प्रधानमन्त्री जाँदा कालो भण्डा देखाउने खोज्नुले संघीयताले कस्तो रुप लिँदैछ भनेर स्पष्ट पार्न थालेको उनले तर्क गरे । उनले संघीयतालाई नेपालले कुनै पनि हालतमा धान्न नसक्ने दावी गरे ।

प्रतिकृया दिनुहोस