जनकपुरमा साझेदारी विकाससम्बन्धी सम्मेलन सम्पन्न

Janakpur news

जनकपुर । जनकपुरमा प्रदेश नं. २ स्तरीय गाउँपालिका र नगरपालिकाका मेयरहरुबीच बिकास साझेदार समन्वय गर्न मेयर सम्मेलन भएको छ । सो सम्मेलनमा ८ वटा जिल्लाका मेयर र उपमेयरहरुको परिवार सहितको सहभागिता जनाएका थिए ।

सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्न पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिन आ–आफनो जोडीसहित कार्यक्रममा उपस्थित भएर २ नं प्रदेशका महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उप–प्रमुखहरूले ऐक्यवद्धता जनाएका थिए ।

असोज १६ युनिर्भसल पीस फेडेरेशन नेपालको आयोजनामा भएको सो सम्मेलनको २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गरे । उदघाटन कार्यक्रममा मुख्यमन्त्री राउतले शान्तिको अभियान आजको आवश्यकता भएको भन्दै यसको शुरुवात परिवारबाट गनुपर्नेमा जोड दिए ।

जनकपुर उप–महानगरपालिकाकी उपप्रमुख रिनाकुमारी मिश्रले स्थानीय निकायमा कानुन र विकास एक अर्काका परिपुरक हुन् भन्ने कुरा कसैले भुल्न नहुनेमा जोड दिइन् ।

राजनीतिक विश्लेषक लालबाबु प्रसाद यादवले संविधान र नयाँ कानुनको कार्यान्वयन र प्रा.डा चन्द्रमणी अधिकारीले आफ्नो नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने र अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एव पारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले शान्तिका लागि नगर प्रमुखहरू अन्तर्राष्ट्रिय संगठन स्थापना गर्ने ऐक्यबद्धता जनाउँदै हस्ताक्षर समेत गरे ।

जनकपुर उपमहानगर पालिकाकी उपप्रमुख रिना कुमारी मिश्रको सभापतित्वमा भएको कार्यक्रमा प्रदेश सांसद बेचु लुङ्गेली, पूर्व सभासद बबन सिह, बिश्व शान्ति तथा एकीकृत परिवार संघका अध्यक्ष सन्तोषकुमार पौडेल, संगठनका प्रदेश संयोजक पुरुषोतम कार्की लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस