पत्रकार कुटपिटको निन्दा, कारवाही गर्न माग

Kanchanpur banda 766

महेन्द्रनगर । कञ्चनपुर बन्दमा पत्रकार चन्द्रकान्त जोशीलाई कुटपिट गर्ने समूहलाई पक्राउ गरी कारवाही गर्न नेपाल पत्रकार महासंघ कञ्चनपुरले माग गरेको छ ।

महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थीले विज्ञपती जारी गर्दै बन्दको समाचार संकलनका क्रममा पत्रकारमाथि कुटपिट गरिनु प्रेस स्वतन्त्रता विरुद्ध भएकोले भत्र्सना गरेका छन् ।

अध्यक्ष अवस्थीले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र शान्तिपूर्ण वातावरणमा समाचार संकलन गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले फोटो किन खिचेको भन्दै पत्रकार जोशीलाई कुटपिट गरी क्यामेरा तोडफोड गरि दिएका छन् । जोशी सगरमाथा टिभीमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस