अवैध सुनसहित भारतीय नागरिक पक्राउ

Gold 2

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

थाई एयरको टिजी-३१९ को जहाज चढेर बैंककबाट काठमाडौं ओर्लिएका भारतीय नागरिक सुनसहित समातिएका हुन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक विडेश भुनिया रहेका छन् । उनी करिब १० लाख २५ हजार रुपैयाँ बराबरको २ सय ७ ग्राम अवैध सुनसहित पक्राउ परेका हुन् ।

विमानस्थलको आगमन गेटमा प्रहरी जाँचक्रममा भुनियाले लुकाइछिपाइ राखेको अवस्थामा सो परिणामको सुन बरामद गरिएको हो । सुन तयारी गहना रहेको प्रहरीले जनाएको छ । जसमा औंठी २ थान, साँचो २, गोलाकार आकारको रिङ ३ र सिक्री २ थान बरामद गरिएको बताइएको छ ।

प्रहरीले पक्राउ परेका भुनियालाई कारबाहीका लागि विमानस्थलको भन्सार विभागलाई बुझाएको छ ।

प्रतिकृया दिनुहोस