सप्तरीका ५०० परिवार दुर्गन्धित पानी पिउन बाध्य

Khanapani 400x220

सप्तरी (सिमरा) । हालै आएको बाढीबाट प्रभावित सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।

बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार दुर्गन्धित पानी पिउन बाध्य भएका हुन् ।

घर आँगनमा बाढी पसेपछि त्यहाँ रहेका ट्युबेलको पानीमा अहिले लेदो आउन थालेपछि उनीहरु स्वच्छ पानी पिउनबाट वञ्चित भएको स्थानीयवासीले बताएका छन्।

ट्युबेलमा लेदो र दुर्गन्धित पानी आउन थालेपछि त्यहाँका हजारौँ वासिन्दा त्यही पानी पिउन बाध्य भएको बाढीपीडितहरुले बताए । दुर्गन्धित पानी खाएकै कारण अहिले सो क्षेत्रका वासिन्दा बिरामी पर्न थालेको बताइएको छ ।

दुर्गन्धित पानी पिउने गरेका कारण अहिले बाढीपीडितमा झाडापखाला, निमोनिया, रुघाखोकी, आँखा पाक्ने र घाँटी दुख्नेजस्ता रोगहरु देखिएको स्थानीयले बताएको छ ।

प्रतिकृया दिनुहोस