पटाका तथा आतिसबाज बरामद

Aatishbaj pataka 768x366

सिरहा । इलाका प्रहरी कार्यालय माडर र औरहीबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार साँझ चोरी पैठारी गरी नेपाल भित्र्याएको आतिसबाज र पटाका लागायतका सामान बरामद गरेको छ ।

नजिकिँदो चाडपर्वलाई लक्षित गरी तस्करहरुले भित्र्याएको आशङ्का गरिएका चिरचिरी, फूलझारी, क्लासिक चक्कर, बुलेट बम, हाइड्रो फोइल्स बरामद गरिएको हो ।

त्यस्तै, गस्ती प्रहरीले स्वायर फोइल्स, रविन्स बुलेट, सुपर बुलेट लगायतका गरी ६१ हजार चार सय ३७ रुपैयाँ बराबरका बेवारिसो अवस्थामा रहेका आतिसबाज र पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार गस्तीमा रहेको प्रहरीले बेवारिसे अवस्थामा बरामद भएका आतिसबाज र पटाका लगायतका सामग्रीहरु पत्रकार सम्मेलन पश्चात नष्ट गरिने छ ।

प्रतिकृया दिनुहोस