सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

A

काठमाडौं । सुकेधारामा गएराति भएको सवारी दुर्घटनामा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा काठमाडौं, मण्डिखाटार बस्ने ६५ वर्षिय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भिर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।

राति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएर सवारी साधनसहित फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस