ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Accident

काठमाडौं । पूर्वी चितवनको टाँडी चोकमा ट्रकको ठक्करबाट गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भण्डाराबाट नारायणगढतर्फ जाँदै गरेको ना४ ख३१२२ नं.को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना३२ प५०६१ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका-१ का ३५ वर्षिय सुरज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस