डोटीमा १७ वर्षीया किशोरी बलात्कृत, बलात्कारी पक्राउ

Rape 6

डोटी । डोटी जिल्लामा एक जना किशोरी बलात्कृत भएकी छिन् ।

शिखर नगरपालिका वडा नं-६ बस्ने २८ वर्षका योगेन्द्र बलायरले १७ वर्षीया किशोरीलाई बलात्कार गरेकोे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बलायरविरुद्ध करणी सम्बन्धी कसुर गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गराइएको छ । बलायरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताए ।

प्रतिकृया दिनुहोस