कैलालीमा बस दुर्घटना, एकको मृत्यु ३ जनाको अवस्था गम्भीर

Kailali bus accident

कैलाली । कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा बस दुर्घटनामा एकको मृत्यु र ७ जना घाएते भएको छ ।

धनगढीबाट टीकापुर जादैँ गरेको से१ ख१०२५ नं.को बस दुर्घटना हुदाँ ६९ वर्षीया इश्वरादेवी बिनाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाईतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस