सवरी दुर्घटनामा दुर्इ जनाको मृत्यु, १४ घाइते

Accide

धनकुटा । सोमबार भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

साँगुरीगढी गाँउपालिका–१० तम्राङबाट सुनसरीको धरान तर्फ जाँदै गरेको को१ ज१८२१ नम्बरको जीप साँगुरीगढी गाँउपालिका वडा–९ हर्दियामा दुर्घटना भएको हो ।

साँगुरीगढी गाँउपालिका वडा नं.१० की ३१ वर्षीया सनमाया राई र पाँचथर जिल्ला घर भई साँगुरीगढी गाँउपालिका वडा १० मा छोरी ज्वाईसँग बस्दै आएकी ६१ वर्षीया माया सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

दुर्घटनामा अन्य १४ यात्रु घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

जीप सोमबार बिहान अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस