डा. वस्ती भन्छन् ‘एक जनाको डिएनए अर्को व्याक्तिसँग नमिल्नु स्वभाविक हो’

Dna with dr swab

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी पन्तको ‘भेजिनल स्वाब’सँग परिक्षण गरिएका प्रहरी प्रमुख डिल्लिराज बिष्ट, उनका छोेरा किरण बिष्ट र मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष बिष्टको डिएनए र मृतक निर्मलाको डिएनए नमिलेपछि घटना अनुसन्धान थप जटिल भएको छ ।

कञ्चनपुरका स्थानीयहरुले एसपी लगायत तीनै जनाको डिएनए जाँच गराउनुपर्ने दबाब दिएपछि तत्कालिन एसपी बिष्टले अनुसन्धानमा सहजताका लागि भन्दै आफ्नो र छोरा , मेयरका भतिजाको डिएनए परिक्षण गर्न दिएका थिए ।

यता हत्या गरिएकी निर्मलाकी आमा दुर्गादेवी पन्तले आफ्नो र छोरीको डिएनए मेल गराउनुपर्ने बताएकी छन् । ‘भेजिनल स्वाब’ निर्मलाको हो, होईन भन्ने बिषयमा आफूले जान्न पाउनुपर्ने भन्दै उनले यस्तो बताएकी हुन् । निर्मलाको हत्या अनुसन्धानको प्रमाणका रुपमा ‘भेजिनल स्वाब’ मात्रै बाँकी रहेको छ । यसअघि एसपी बिष्ट, छोरा भतिजाको डिएनए प्रहरी विधि विज्ञान प्रयोगशाला र नाष्टमा परिक्षण गरिएको थियो । परिक्षणबाट डिएनए नेगेटिभ देखिएको छ ।

सामान्यतयः एक मानिसको डिएनए अर्कोसँग मिल्दैन यो सत्य हो, एकअर्काको डिएनए मिल्ने भएको भए यसलाई अनुसन्धानको लागि कसरी बलियो मान्ने ? फरेन्सी विज्ञ डा. हरिहर वस्ती भन्छन्, ‘निर्मला पन्त हत्याको बिषयमा भन्ने हो भने निर्मलाको भनिएको ‘भेजिनल स्वाब’ अर्थात, रगत के छ त्यो सँग आरोपी भनिएकाहरुको रगत, थुकलगायत अन्यसँग म्याच गराउने हो त्यो पोजेटिभ, नेगेटिभ के हुन्छ त्यसले निर्धारण गर्छ ।’

उनका अनुसार आमा र छोरीको डिएनए एकअर्कासँग म्याच हुन्छ । उनले भने, ‘एक जनाको डिएनए अर्को व्याक्तिसँग नमिल्नु स्वभाविक हो । तर, आमाबुवासँग डिएनए मिल्छ ।’

प्रतिकृया दिनुहोस