ग्याविङ तारले दुवै हात बाधेको अवस्थामा शव फेला

Sab

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११, को रिठा भन्ने ठाउँमा एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार ठूली भेरी नदीमा एक महिलाको शव फेला परे पनि पहिचान हुन भने सकको छैन ।

दुवै हात ग्याविङ तारले बाधेको र अर्ध नग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले जानकारी दिए ।

शव सड्ने अवस्थामा पुगिसकेकाले महिलाको केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

असोज १२ गते बिहान शव फेला परे पनि अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीको भनाई छ । शव जिल्ला अस्पताल रुकुम पश्चिममा राखिएको छ ।

शवको पहिचान नहुँदा पोष्टमार्टम गर्न समेत समस्या भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस