भोजपुरमा २४ रोपनीको गाँजा नष्ट

Gajako biruwa nast

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाको वडा नं ८ पात्लेपानी, वडा नं.९ हसनपुर र आमचोक गाउँपालिकाको वडा नं.८ दुम्मानामा २४ रोपनी क्षेत्रफलमा खेति गरिएको ६ हजार १ सय ४४ वोट गाँजा नष्ट गरेको छ ।

सो क्षेत्रमा गाँजा खेति भइरहेको छ, भन्ने विषेश सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीको टोलीले दुई दिन लगाएर नश्ट गरेको हो ।

प्रहरीले हतुवागढी गाँउपालिका अन्र्तगत भक्त वहादुर राईको ११ रोपनी क्षेत्रफलमा रहेको २२ सय ३३ वोट, धनपाली राईको ३ रोपनी क्षेत्रफलमा रहेको २ सय ५५ वोट, मान वहादुर राईको १ रोपनी क्षेत्रफलमा रहेको १ सय ५ वोट, हजारमान राई र लाटीमाया राईको आधा/आधा रोपनीमा लगाएको ७५ र ४६ वोट गाँजा नष्ट गरेको हो।

त्यस्तै आमचोक गाउँपालिकाका थिर वहादुर विकले ६ रोपनी क्षेत्रफलमा लगाएको ९ सय १६ वोट, जीतमान राईले ११ रोपनी क्षेत्रफलमा रहेको २ हजार ५६ वोट र लाल वहादुर सार्कीले ३ रोपनी क्षेत्रफलमा ४ सय ५८ वोट नष्ट गरेको हो ।

प्रहरीले जिल्लाको विभिन्न ठाउँमा लगाएको गाँजा नश्ट गर्ने अभियान नै सञ्चालन गरेर काम गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक केशव थेवेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस